भिरबाट लडेर वडा सचिवको घटनास्थलमै मृत्यु

पालिका डायरी
१६ चैत्र २०८०, १७:४२
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर एक जना वडा सचिवको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गाउँपालिकाको केन्द्र पस्तीबाट डाँडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । घटना बिहीबार भएकोमा प्रहरीले शुक्रबार जानकारी पाएको बताएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।

प्रतिक्रिया