मकवानपुरकाे मनहरीमा आफ्नै दाइ माथी खुकुरी प्रहार

पालिका डायरी
१६ चैत्र २०८०
दाह्री काट्ने मेसिन नदिएको भन्दै छोराले खुकुरी प्रहार गर्दा बाबुको मृत्यु

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ हाँडीखोलामा एक जना युवकले आफ्नै दाइ माथी खुकुरी प्रहार गरेका छन् ।

स्थानीय २६ वर्षिय कृष्ण तामाङ बलले आफ्नै दाई २८ वर्षिय कप्तान तामाङ बललाई खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका हुन् । खुकुरी प्रहारबाट उनको छात्ति, पेट, कुममा चोट लागेको छ ।

उनको उपचारका लागि हेटौंडाको चुरेहिल अस्पतालमा लगिएकोमा सामान्य उपचारपछी थप उपचारका लागि चितवनको नयाँ मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया