भरतपुरमा बेवारिसे शब फेला

पालिका डायरी
१५ चैत्र २०८०, ११:२०

हेटौंडा / भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाट मा एक बेवारिसे शब फेला परेको छ ।

त्रिपुरेश्वर मन्दिरको प्यासेजमा हाल नामथर वतन नखुलेको अन्दाजी ५०–६० बर्षको जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।


मुचुल्का पश्चात शब पोस्टमार्टमको लागी भरतपुर सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया