सुनकोसीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो

पालिका डायरी
१४ चैत्र २०८०, २१:०४
सुनकोशीमा बेपत्ता दुईको शव फेला, एक बालक अझै बेपत्ता

होली खेल्नेक्रममा सुनकोसी नदीमा नुहाउन जाँदा बेपत्ता भएका तीन बालबालिका मृत फेला परेका छन् ।

चैत ११ गते त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङमा होली खेलेर पौडी खेल्न गएका ३ बालबालिकालाई सुनकोशी नदीले बगाउँदा बेपत्ता भएका थिए । उनीहरू सबै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ९ वर्षीय रिदम मगरको मंगलबार शव घटनास्थलदेखि झण्डै डेढसय मिटर तल घिर्लिङ भन्ने स्थानमा फेला परेको थियो । यस्तै, आज १४ गते विहान धाप्लाङ घाट भन्दा आधा किलोमिटर तल सिम्ले दुर्गे ढुङ्गा भन्ने स्थानमा त्रियुगा–१४ साउनेका वर्ष १२ की रेखा मगरको लास ढुङ्गाको च्यापमा पानीमा तैरेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

यसैगरी आज अपरान्ह घटनास्थल धाप्लाङ घाट भन्दा ८ किलोमिटर तल त्रियुगा–१४ कम्पुघाट भन्ने स्थानमा मेहरमान मगरको छोरा वर्ष १२ को लोक बहादुर मगर को शव फेला परेको छ । प्रहरीले मृतकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगेको जनाएको छ ।

प्रतिक्रिया