नेकपा एस हेटौंडा ५ नम्बर वडाको वडा तदर्थ समिति गठन
हेटौंडा / नेकपा एकीृत समाजवादी हेटौंडा ५ नम्बर वडामा वडा तदर्थ समिति गठन भएको छ । बुधबार पार्टी कार्यालयमा वडा तदर्थ समिति गठन गरिएको हो ।
सन्तोष बोलखेको संयोजकत्वमा ९ सदस्यीय कार्य समिति चयन गरिएको हो । सहसंयोजकमा नैज अञ्सारी, सचिवमा सुवास ढुंगेल, उप–सचिवमा सुस्मिता तिमल्सिना लगाएत चयन भएका हुन्।
नेकपा एकीकृत समाजवादीकी नेत्री गायत्री सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सचिव ध्रुव भुजेल , सहसचिव किशोर टण्डन लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया