हेटौंडा ११ काे वडा स्तरीय महिला जागरणमा अर्याल

पालिका डायरी
१४ चैत्र २०८०
हेटौंडा ११ काे वडा स्तरीय महिला जागरणमा अर्याल

हेटौंडा / हेटौंडा ११ नम्बर वडा स्तरीय महिला जागरण समूहको अध्यक्षमा अप्सरा अर्याल चयन भएकी छिन् । 

अर्यालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको हो। वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा गठन भएको समितिका  उपाध्यक्षमा देवी माया पोखरेल, सचिवमा सुनिता बिडारी, कोषाध्यक्षमा गीता ढकाल चयन भएका छन् भने सदस्यहरूमा सरला सुवेदी, सर्मिला सुवेदी, विजया अधिकारी, माधुरी राना, लिला आचार्य, निरु सुनुवार लगायतका चयन भएका छन् ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिका महिला बालबालिका तथा समावेशीकरण महाशाखाको आयोजना र नगर स्तरीय महिला जागरण समूह हेटौंडा मकवानपुरको समन्वयमा भएका हो ।

प्रतिक्रिया