सिमलटारमा १ सय १५ मिटर बाटो सल्याब ढलान

जी. न्यौपाने
हेटौंडा / हेटौंडा ११ सिमलटारको बुद्धचोक देखि बिहानी चोक सम्मको बाटोमा सल्याब ढलान गरिएको छ।
हेटौंडा उपमहानगरपालिकाको रु. ८ लाख र उपभोक्ताको करिब २ लाख रुपैयाँ बजेटमा सल्याब ढलान गरिएको समितिका सुन्दर लाल श्रेष्ठले जानकारी दिए । १ सय १५ मिटर लम्बाइ र ६ मिटर चौडाइ बाटो सल्याब ढलान गरिएको हो। सल्याब ढलानको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले गरेकी हुन् ।
सल्यब ढलान समितिका अध्यक्ष देब कृष्ण थोकरको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकी वडाध्यक्ष जुना दाहाल, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञ बहादुर आचार्य सिमलटार टोल विकास संस्थाका उपाध्यक्ष इन्द्र लामा, सल्याब ढलान समितिका सचिव जोशन योञ्जन लगाएको उपस्थिति रहेको थियो।
प्रतिक्रिया