मनहरीमा नवजात शिशुको शव फेला

पालिका डायरी
१३ चैत्र २०८०
काठमाडौंमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु

हेटौंडा / मनहरीमा मङ्गलबार बिहान नवजात शिशुको शव फेला परेको छ ।

मनहरी–७ रमौली बांगेटोल स्थित मनहरी खोलाको छेउमा सालनालसहित नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भर्खरै जन्मेको जस्तो देखिने नवजात (छोरा) शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया