दुई महिनापछि पुनः सञ्चालनमा आयो नागरिक एपबाटै लोकसेवाको फाराम भर्न सकिने फिचर

करिब दुई महिना अघि राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) मा साइबर आक्रमण भएसँगै स्थगित भएको लोकसेवाको फाराम भर्ने सुविधा नागरिक एपले पुनः सुरु गरेको छ । एक सूचना जारी गर्दै एपले सोमबारदेखि उक्त सेवा पुनः सुरु गरेको हो ।
गत १४ माघमा डिडस आक्रमण भएपछि दिनभर जसो डेटा सेन्टर र त्यसमा आधारित कयौं सरकारी सेवा अवरुद्ध भएका थिए । तर नागरिक एपमा रहेको लोक सेवा आयोगको फाराम भर्न सकिने सुविधा भने त्यस यता बन्द रहेको थियो ।
देखिका समस्या समाधान गरी सोमबारदेखि लोक सेवाको फाराम भर्ने सुविधा पुनः सञ्चालनमा ल्याइएको नागरिक एपले जनाएको छ । सङ्घीय लोक सेवाको फाराम नागरिक एपबाट भर्न मिल्ने भए पनि प्रदेश लोक सेवा भने अझै त्यसमा समेटिन सकेको छैन ।
प्रतिक्रिया