तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

पालिका डायरी
१३ चैत्र २०८०, ११:४२
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ सस्तो भएको छ । त्यस्तै चाँदी पनि मंगलबार प्रतितोला १० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन १ लाख २६ हजार ४ सय र तेजाबी सुन १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। चाँदी भने आज १ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔँस २ हजार १ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया