बिहे गरेको ४ महिनामै श्रीमतीको हत्या  आरोपमा श्रीमान पक्राउ

पालिका डायरी
१३ चैत्र २०८०, ११:३५
हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ

बाँकेको कोहलपुरमा पत्नी हत्या गरेको आरोपमा एक युवक प्रहरीले पक्राउ गरेका छ ।

कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा डेरागरी बस्दै आएका २२ वर्षीय अनिल बिकलाई पत्नीको हत्याको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बर्दियाको बाँसगढी–४ घर भइ हाल कोहलपुर– १४ मा बस्दै आएका बिकले गएराति १० बजे २१ वर्षकी श्रीमती सुशीला सुनारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए छन् ।

‘घरायसी विवादमा उनले पत्नीको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । उनीहरुको चार महिनाअघि मात्रै विवाह भएको थियो । ‘डेरामा उनीहरु दुईजना मात्रै बस्दा रहेछन्,’ डाँगीले भने, ‘राति पत्नीसँग झगडा हुँदा अनिलले धारिलो हतियारले ढाडमा प्रहार गरेछन् । गम्भीर अवस्थाकी पत्नीलाई उनैले उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्याएको पाइएको छ । अस्पतालमा उपचारको क्रममा सुशिलाको मृत्यु भएको हो।’

अनिल कोहलपुर– १४ पार्वतिपुरस्थित हेम्पाइप फ्याक्ट्रीमा काम गर्ने मजदुर हुन् । प्रहरीले अनिललाई अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया