मुख्य न्यायाधिवक्ताको कार्यालय हेटौंडाकाे ७ वर्ष पूरा, मनायो स्थापना दिवस

पालिका डायरी
१२ चैत्र २०८०
मुख्य न्यायाधिवक्ताको कार्यालय हेटौंडाले मनायो स्थापना दिवस

मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेश हेटौंडाले आज स्थापना दिवस मनाएको छ । वि.सं. २०७४ चैत्र १२ गते यस कार्यालयको स्थापना भएको ७ वर्ष पूरा भएको अवसरमा आज बागमती प्रदेशको राजधानी हेटौंडामा कार्यालयले स्थापना दिवस मनाएको हो ।

कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथिको मन्तव्य राख्दै जिसस प्रमुख घलानले संघीयता स्थापना र प्रदेश स्थायीत्वको लागि न्यायाधिवक्ताको कार्यालयले कसिलो रुपमा भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् । बागमती प्रदेशमा निर्माण भएका निति नियमलाई कार्यान्वयन गर्न कार्यालय थप जिम्मेवार हुनुपर्ने घलानले बताए ।

मुख्य न्यायाधिवक्ता कार्यालयको भूमिका सङ्घीयतालाई सशक्त बनाई प्रदेशको कार्यगत स्वतन्त्रता तथा संविधानले निर्दिष्ट गरेबमोजिम प्रादेशिक आन्तरिक आत्मनिर्णयको अधिकारलाई अदालतमा समेत प्रतिरक्षा गर्ने रहेको र आफुहरुले त्यस भूमिकालाई सक्रिय रुपमा निर्वाह गरीरहेको मुख्य न्यायाधिवक्ताको कार्यालय बागमतीका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र न्यौपानेले दावी गरे ।

कार्यक्रममा मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेश मुख्य न्यायाधीवक्ता ज्ञानेन्द्र न्यौपाने, संस्थापक न्याधिवक्ता सुर्य चन्द्र न्यौपाने, उच्च अदालत बार एशोसियसनका अध्यक्ष अरुण कुमार खतिवडा, उच्च अदालत पाटन हेटौंडा इजलासका श्रेष्तेदार रामप्यारी सुनुवार, प्रदेश नीति तथा योजना सचीव ज्ञान प्रसाद ढकाल, उच्च सरकारी वकिल कार्यालय हेटौंडाका सहन्यायाधिवक्ता इश्वरि प्रसाद ढकाल,सन्चार रजिस्ट्रार रेवती प्रसाद सापकोटा लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया