प्रथम जिल्ला स्तरीय खुल्ला तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता सुरु

पालिका डायरी
९ चैत्र २०८०
प्रथम जिल्ला स्तरीय खुल्ला तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता सुरु

जी न्याैपाने

हेटौंडा / प्रथम जिल्ला स्तरीय खुल्ला तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिताको उद्‌घाटन भएको छ । 

मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा चैत्र ९ र १० गते हुने प्रतियोगिताको उद्‌घाटन हेटौंडा उपमहानगरपालिकाको मेयर मिना कुमारी लामाले गरेकी हुन् ।हेटौंडा ११ सामुदायिक प्रहरी सेवा केन्द्रको कभर्ड हलमा भइरहेको खेलमा ४० टिम सहभागी रहको जनाइएको छ ।

ब्याडमिन्टन संघका जिल्ला अध्यक्ष ध्रुव घिमिरेको सभाध्यक्षतामा भएको  प्रतियोगिताको उद्घाटनमा बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईँ, हेटौंडा उपमहानगरपालिकाको उपमेयर राजेश बानियाँ, हेटौंडा ११ की वडाध्यक्ष जुना दाहाल, हेटौंडा १५ का  वडाध्यक्ष सुनिल मोक्तान त्यस्तै हेटौंडा ११ का वडा सदस्य सञ्जय बिडारी, सामुदायिक प्रहरी सेवा केन्द्रका पूर्व अध्यक्ष सिद्धिलाल श्रेष्ठ, प्रहरी सेवा केन्द्रका हेटौंडा ११ का अध्यक्ष देवकुमार श्रेष्ठ, लगायतको आतिथ्यता रहेको  थियो । 

प्रतिक्रिया