पालुङ जेसीजको एकदिने प्रशिक्षण सम्पन्न

पालिका डायरी
८ चैत्र २०८०, २०:०७
पालुङ जेसीजको एकदिने प्रशिक्षण सम्पन्न

थाहानगर / पालुङ जेसीजकोे आयोजनामा कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुको लागि लक्ष्य निर्धारण सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

बिहिवार थाहा नगरपालिका ३ स्थित जनकल्याण माविमा कक्षा १२ मा अध्यनरत ५८ जना विद्यार्थीहरुको सहभागिता प्रशिक्षण सम्पन्न भएको हो । माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई जीवन उपयोगी सीपका साथै अध्ययनमा केन्द्रीत गराउनको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले बताए ।

जनकल्याण माध्यामिक विद्यालयका प्रधानाध्यापक एवम् पालुङ जेसीज बर्ष २००५ का अध्यक्ष सानोभाइ कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा पूर्व अध्यक्षहरु सुरेन्द्रमान प्रधान, मनोज रायमाझी, जयराम खत्री, निवर्तमान अध्यक्ष संगम कार्कीको आतिथ्यता रहेको उपाध्यक्ष स्मिता बिष्टले जानकारी दिईन् ।

पालुङ जेसीज बर्ष २०२४की सचिव रोशनी गोपालीले संचालन गरेको कार्यक्रममा पालुङ जेसीज बर्ष २०१९ का अध्यक्ष कुमार नेगीले प्रशिक्षण दिएका थिए ।कार्यक्रम पालुङ जेसीज बर्ष २०२४ का तालिम आयुक्त अजित कार्कीको संयोजकत्वमा भएको थियो भने कार्यकारीणी उपाध्यक्ष मानसिं दोङले स्वागत गरेका थिए

प्रशिक्षण कार्यक्रममा पालुङ जेसीज बर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष नारायण तामाङ, कानुनी सल्लाहकार सुविन्द्रमान प्रधान, कोषाध्यक्ष संजय गोपाली, उपाध्यक्ष बिराज थापा, नारायण कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया