३ दिने क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम सुरु ५५ जना सहभागी

पालिका डायरी
६ चैत्र २०८०, १७:५६
३ दिने क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम सुरु ५५ जना सहभागी

जी. न्यौपाने

हेटौंडा / हेटौंडामा टोल विकास संस्थाका पदाधिकारीहरूलाई क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम दिन सुरु गरिएको  छ । 

हेटौंडा उपमाहानगरपालिकाको आर्थिक सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजनामा गरिएको ३ दिने तालिममा हेटौंडा १० र ११ नम्बर वडाका ५५ जना सहभागी  छन् । टोल विकास संस्थाका अध्यक्ष, उपाध्यक्ष , सचिव ,कोषाध्यक्षहरूका लागि लक्षित गरि तालिमको आयोजना गरिएको हो । 

टोल विकास संस्था नगर समन्वय समिति का अध्यक्ष धुर्ब अधिकारीको सभाध्यक्षतामा   भएको तालिममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

हेटौंडा ११ को सामुदायिक  प्रहरी सेवा केन्द्रको भवनमा भैरहेको तालिम उद्घाटनमा हेटौंडा ११ कि वडाध्यक्ष जुना दाहाल , सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडाका अध्यक्ष देव कुमार श्रेष्ठ , टाेल विकास संस्था समन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञ बहादुर आचार्य , तालिम सहजकर्ता  शिवहरी दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया