कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकको सुरुमै आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद दिपक गिरीले राजीनामा माग गरेका हुन् । सरकारले सोही सहकारीमा संलग्न भएका दीपेश पुनमाथि कारबाही भएपनि रास्वपा सभापति समेत रहेका लामिछानेमाथि कारबाही नभएको भन्दै आपत्ति जनाए ।
नेपाल प्रहरी र सीआईबीले समेत उनीमाथि छानबिन अघि बढाएको भन्दै उनले सत्ता समीकरण बदलेर गृह मन्त्रालय लिएको आरोप लगाए ।
‘जो विरोध अनुसन्धान गर्नुपर्ने हो उहाँ अहिले गृहमन्त्री हुनुहुन्छ’, गिरीले भने, ‘जसरी पनि गृह मन्त्रालयले नै चाहिन्छ भन्दै सरकारमा सामेल हुनुले निष्पक्ष छानबिन प्रक्रियामा बाधा पुग्ने देखिन्छ। त्यसैले हामी उहाँको राजीनामा माग गर्दै छौँ ।’
मुद्दालाई प्रभावित पार्ने गरी कानुनी राज्यमा सुहाउने कुरा नभएकोले आफूहरूको गम्भीर चिन्ता र चासो भएको उनले बताए ।