घट्यो सुनचाँदीको मूल्य

पालिका डायरी
५ चैत्र २०८०, १२:०३
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलना सोमबार सुनचाँदीको मूल्य घटेको हो ।

सोमबार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । तोलामा १० रुपैयाँले घटेर चाँदी प्रतितोल १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया