मोटरसाइकलमा २३ किलो गाँजा लिएर हिँडेका दुईजना हेटौंडाबाट पक्राउ

पालिका डायरी
४ चैत्र २०८०, १२:०७
हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ

हेटौंडा / लागूऔषध गाँजासहित हेटौंडा उपमहानगरपालिका ११ सरस्वती चोकबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००३ प ७७७७ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक मकवानपुर जिल्ला कैलाश गाउँपालिका १० नामटार घर भई हाल हेटौंडा –१९ बस्ने २५ वर्षीय मदन तामाङ र सोही मोटरसाइकल पछाडि सवार हेटौंडा –१९ की ३८ वर्षीया सर्मिला भोलनले बोकी ल्याएको झोलाबाट २३ के.जी. गाँजासहित पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

तामाङ र भोलन दुवैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा  ल्याई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया