स्वास्थ्य शिविरमा ३३१ जनाले गराए स्वास्थ्य परिक्षण

पालिका डायरी
३ चैत्र २०८०, २१:१६
स्वास्थ्य शिविरमा ३३१ जनाले गराए स्वास्थ्य परिक्षण

हेटौंडा / सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ थानाभऱ्याङको आयोजना तथा मकवानपुर सहकारी अस्पतालको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। 

स्वास्थ्य शिविरबाट बालबालिका, महिला, पुरुष गरी जम्मा तीन सय ३१ जनाले स्वास्थ्य परिक्षण गराएको सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ । शनिबार  हेटौंडा ११ थानाभऱ्याङमा गरिएको शिविरमा सहकारी अपस्तालका बालविशेषज्ञ डा.हरी बहादुर खडका, हाडजोर्नी तथा नशा रोगको बरिष्ठ विशेषज्ञ डा. सुन्दर कुमार श्रेष्ठले स्वास्थ्य परिक्षण गरेका थिए । 

त्यस्तै पेट, छाती, मुटु, मृगौला, उच्च रक्तचाप, बाथ तथा मधुमेह विशेषज्ञ डा. कमल दवाडी, जनरल फिजिसियन डा. विजय कुमार, स्त्री, प्रसुती तथा परिवार नियोजन विशेषज्ञ डा. राघवेन्द्र ठाकुर लगायतले चेक जाच गरेका थिए । शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरमा ३३१ जनाले गराए स्वास्थ्य परिक्षण

प्रतिक्रिया