फुट्यो बाबुराम भट्टराईको पार्टी

पालिका डायरी
३ चैत्र २०८०, १०:५२
फुट्यो बाबुराम भट्टराईको पार्टी

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ।

नेसपाकै अर्का अध्यक्ष महीन्द्र यादव समूहले सत्तारुढ नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरेसँगै नेसपा दुई चिरा परेको हो।आज (शनिबार) बिहान यादव पक्षको नेसपा र माओवादी केन्द्रबीच भएको वार्ताले पार्टी एकता गर्ने लिखित सहमति गरेको हो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष डा. भट्टराई भने पार्टी एकता गर्न हुँदैन भन्ने पक्षमा थिए। सोही कारण अर्का अध्यक्ष र उनीबीच पार्टीभित्र टकराव बढ्दै गएको थियो। यही बीच नेसपाले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो।

प्रतिक्रिया