मकवानपुर रिकभरिङ समूहलाई ११ नम्बर वडाको सहयोग
जी. न्यौपाने
हेटौंडा / हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयले लागूऔषध दुर्व्यसनीहरुको बिचमा काम गर्दै आएको संस्था मकवानपुर रिकभरिङ समूहलाई ३० हजार रुपैयाँ बराबरको डाइनिङ टेबल र कुर्सी सहयोग गरेको छ ।
वडा अध्यक्ष जुना दाहाल र सचिव जीवन ढुङ्गेलले समुहको कार्यालयमा पुगी समुहका महासचिव सन्दिप शाक्यलाई १६ थान कुर्सी र ४ थान डाइनिङ टेबल सहयोग गरेको वडा सचिव जीवन ढुङ्गेलले जानकारी दिए । ११ नम्बर वडाले समूह प्रति गरेको सहयोगले आफूहरूमा काम गर्ने उत्साह थपिएको महासचिव शाक्यले बताए । हाल मकवानपुर रिकभरिङ समूहमा ४९ जनाले सेवा लीरहेका छन् ।
कार्यक्रममा मकवानपुर रिकभरिङ समूहका कार्यक्रम संयोजक उद्धव के.सी, कोषध्यक्ष विनोदलाल श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया