अमेरिका पठाइदिन्छु भन्दै ६० लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

पालिका डायरी
३० फाल्गुन २०८०, १०:४९
हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ६० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ  ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा घर भइ गोँगबु बस्ने लोकबहादुर राउतलाई पक्राउ गरी हिजो सार्वजनिक गरेको हो  ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले अमेरिकामा सात लाख ५० हजार रुपैयाँसम्म तलब हुने प्रलोभनमा पारी खिमा डाँगीसमेत दुई जनालाई ठगी गर्ने राउतलाई पक्राउ गरिएको जानकारी दिनुभयो  ।

पक्राउ परेका राउतले अमेरिका जानका लागि प्रतिव्यक्ति ८० लाख रुपैयाँसम्म लाग्छ भनी दुई जनासँग ६० लाख रुपैयाँ लिएर फरार भएका थिए  । पक्राउ परेका राउतलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया