लागुऔषधसहित मकवानपुरको बागमती गाउँपालिकाबाट एकजना पक्राउ

पालिका डायरी
२४ फाल्गुन २०८०, १७:५०
लागुऔषधसहित मकवानपुरको बागमती गाउँपालिकाबाट एकजना पक्राउ

हेटौंडा / मकवानपुरको बागमती गाउँपालिकाबाट लागुऔषध नाइट्राभेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

हिजो बुधबार २३ गते अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय फापरवारीबाट खटिएको प्रहरी टोलीले बागमती गाउँपालिका वडा नं. ८ चेकपोष्टमा शंकास्पद अवस्थामा हिँडिरहेका २९ वर्षीय रमेश राईलाई खानतलासी गरी जाँच गर्दा निजको साथबाट १८५ ट्याब्लेट लागुऔषध नाइट्राभेट बरामद गरेको हो।

प्रहरीले उक्त लागुऔषध सहित नियन्त्रणमा लिइएका राईलाई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ९ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया