हेटौंडा १५ को तीन दिने वृहत् शैक्षिक महोत्सव सम्पन्न : यस्तो देखियो तस्वीरमा
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नं १५ को आयोजनामा बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ प्रथम वडास्तरीय वृहत् शैक्षिक महोत्सव २०८० हिजो बुधबार सम्पन्न भएको छ ।
तीन दिने शैक्षिक मेलाको बुधबार भएको समापन समारोहमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताएका छन् । कार्यक्रममा बोल्दै पौडेलले शिक्षानै सफलताको मूल आधार भएकाले शिक्षाको विकासलाई अझ बढी जोड दिनुपर्ने बताएका छन् । उनले शिक्षक र शिक्षिकाको भूमिका महत्त्वपूर्ण हुने भएकाले शिक्षणमा नयाँ नयाँ प्रयोग गर्दै विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले फागुन ७ गते विधिवत् रूपमा उद्घाटन गरिएको शैक्षिक मेलाको फागुन ९ गते बुधबार सम्पन्न भएकाे हाे । समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं १५ को वडा अध्यक्ष सुनिल मुत्तानको अध्यक्षतामा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने बागमती प्रदेशका पूवमन्त्री तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौंटा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा लामा लगायतका व्यक्तीहरुको आतिथ्यता रहेको थियो।
तस्वीरमा यस्तो देखियो तीन दिने वृहत् शैक्षिक महोत्सव २०८० (तस्वीरहरु बासुदेव विष्ट )