हेटौंडा-१५ मा सम्पन्न भयो तीन दिने वृहत् शैक्षिक महोत्सव

राम कुमार दानी
९ फाल्गुन २०८०, २२:१७

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को सहयोग तथा वडा शिक्षा समिति हेटौंडा १५ को आयोजनामा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी वडा बासिको एउटै नारा शैक्षिक विकासमा लागौँ सारा भन्ने नाराकाे साथ प्रथम वडा स्तरीय वृहत  शैक्षिक महोत्सव २०८० आज सम्पन्न भएको छ ा


तीन दिन लागेको शैक्षिक मेलाको आज समापन भएको हो  ा  फागुन ७ गतेदखि विधिवत रुपमा उद्घाटन गरिएको शैक्षिक मेलाको अज वडा अध्यक्ष सुनिल मुत्तानको सभा अध्यक्षता तथा बागमती प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको शैक्षिक मेलाको समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य  एक्कालाल श्रेष्ठ, १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा, पूर्व खेलकुद विकास समिति जिल्ला अध्यक्ष सानु लfमाको आतिथ्यता रहेको थियो  ा  समापन कार्यक्रम मा आफ्नो महत्वपूर्ण भनाइ राख्दै  बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री एक्कालाल श्रेष्ठले तिन दिन चलेको यो शैक्षिक मेलाले वडाको शैक्षिक प्रगतिको कामना गर्दै  आगामी वर्षामा पनि निरन्तरता चलाेस भन्दै  शिक्षक अभिभावक विद्यार्थी सबै एक जुट भएर शैक्षिक गतिलाई उचाइमा पुर्याउन शुभकामना दिए  ा ” वडा वडा मिलेर नगरपालिकाको प्रगति हुने भएकाेले सबै मिलेर अगाडि बढे सुखी नेपाली समृद्धि नेपाल हुन सम्भव छ” उनले भने  ा

यस्तै कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले कार्यक्रम एकदमै महत्वपूर्ण भएकोले आयोजकलाई धन्यवाद व्यक्त  गरे  ा उनले शिक्षण सिकाइमा किताबको ज्ञानमात्र नभएर अन्य  प्रयोगात्मक क्रियाकलापले  सिकाइको अनुभव उच्च हुने हुँदा यो कार्यक्रम अतिनै फलदायी भएको बताए  ा उनले अतिरिक्त क्रियाकलापले विद्यार्थीको भविष्य  व्यवसायिक हुने समेत प्रष्ट पारे  ा  प्रमुख अतिथि पौडेलले शिक्षानै सफलताको मूल आधार भएकोले भौतिक विकास भन्दापनि शिक्षाको विकास ठुलो भएकोले शिक्षालाई अझ गुणस्तरीय बनाउन उपस्थिति सबैलाई सुझाव दिए  ा उनले शिक्षक सिक्षिकाले देखाएको आफ्नो प्रस्तुतिले समुदायमा राम्रो सन्देश दिएको बताए   ा यस्तो कला भएको शिक्षक सिक्षिकाले आफ्नो विद्यार्थीलाई उपयोगी शिक्षा  प्रदान गर्न सकिने बताए   ा पौडेलले सबै क्षेत्रको महतो आ आफ्नो ठाउँमा उतिकै महत्त्व हुने भएकोले १५ नम्बर वडाले गरेको यो शैक्षिक गतिविधि अन्य वडाले पनि सिकेर गर्न जरुरी रहेको बताए ा


समापन कार्यक्रममा उत्कृष्ट शिक्षक शिक्षिका उत्कृष्ट अभिभावक उत्कृष्ट विद्यार्थी वडाको शिक्षा प्रेमीहरूलाई मायाको चिनो तथा  सम्मान पत्रले सम्मान गरिएको थियो ा

प्रतिक्रिया