खोप समन्वय समिति मकवानपुरको अन्तरक्रिया सम्पन्न

पालिका डायरी
९ फाल्गुन २०८०, १६:५१

हेटौँडा/ जिल्ला खोप समन्वय समिति मकवानपुरले हेटौँडामा अन्तरक्रिया कार्यक्रम गरेको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत दादुरा रुबेला खोप अभियान २०८०–०८१ जिल्ला स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीको अभिमुखीकरण तथा अन्तरक्रियात्मक गोष्ठी गरिएको हो ।कार्यक्रमको उदेश्य स्थानीय तह, वडा, टोल, नगरहरुका बालबालिकालाई खोपको व्यवस्था गर्ने र अभिभावकहरुबिच खोपबारे जनचेतना जगाउने रहेको खोप समिति मकवानपुरले जनाएको छ ।

कार्यक्रममा खोप लगाउन छुटेका बालबालिकाहरुको हकमा के गर्ने, लगाउँदै नलगाएको बालबालिकाहरु समक्ष कसरी पुग्ने, खोपको प्रभावकारिता कति, यसको हानिनोक्सानी के कस्तो हुने भन्ने विषयमा छलफल भएको थियो ।

जसस मकवानपुरका अध्यक्ष ललित घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, जिल्ला प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया