मकवानपुरकाे थाहाबाट सालकको खपटा र लागुऔषधसहित तीन जना पक्राउ

पालिका डायरी
५ फाल्गुन २०८०, १२:५१
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा / मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ स्थित निपटारबाट लागुऔषधसहित तीन जना पक्राउ गरेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी टोलीले मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ डाँडाबास घर भई हाल थाहा ९ निपटार बस्ने ३५ वर्षीय दिलु भन्ने टेकबहादुर गोलेको घरमा खानतलासी गर्दा चरेश जस्तो देखिने १० किलो लागुऔषध र १ किलो सालकको खपटा फेला परेको प्रहरीले जनाएको छ।

उनकै घरमा बस्ने दिलुका भतिजा ३० वर्षीय गब्रे भन्ने दिलिप कुमार गोले र दिलिपकी श्रीमती ३१ वर्षीय सबिता गोलेलाई पनि नियन्त्रणमा लिइएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पालुङमा ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया