हमाससँगको युद्दमा २२५ इजरायली सैनिकको मृत्यु

पालिका डायरी
२२ माघ २०८०, ०९:२३
हमाससँगको युद्दमा २२५ इजरायली सैनिकको मृत्यु

इजरायल र हमास बीचको लडाइ अझै जारी छ ।  जारी युद्धमा हालसम्म २२५ इजरायली सैनिकको मृत्यु भएको छ ।

इजरायली रक्षा बल (आईडीएफ)का अनुसार गत अक्टुबर ७ देखी यता भएका युद्दमा हालसम्म २२५ जना इजरायली सैनिकको मृत्यु भइसकेको छ ।

साथै, पछिल्लो समयमा २४ वर्षीय सार्जेन्ट फर्स्ट क्लास शिमोन येहोशुआ असुलिनको दक्षिणी गाजामा हमासविरुद्धको लडाइँमा मृत्यु भएको इजरायलले जनाएको छ ।

टाइम्स अफ इजरायलका अनुसार हालै मृत्यु भएका सैनिक येहोशुआ इजरायलको बेइट शेमेशका बासिन्दा थिए र हरेल ब्रिगेडको ९२४ औं इन्जिनियरिङ बटालियनमा कार्यरत रहेका थिए थिए। दक्षिणी गाजा पट्टीमा उनको हत्या भएको हो । उता, इजरायलले लेबनानका विभिन्न स्थानमा आक्रामण गरेको जनाएको छ ।

शनिबार मात्रै दक्षिणी लेबनानको तैबेह गाउँमा रहेको हिज्बुल्लाह भवनमा हवाई हमला गरिएको थियो । दिनभरि आइडिएफले लेबनानका विभिन्न स्थानहरूमा तोपका गोलाहरू प्रहार गरेको हो । तर, त्यस हमलाबाट कति हताहत भए भन्ने बारेमा कुनै जानकारी दिइएको छैन ।

हिजबुल्लाह लेबनानमा एक शिया राजनीतिक र अर्धसैनिक संगठन हो। हिजबुल्लाह लेबनानी गृहयुद्धको समयमा स्थापित भएको समुह हो, जसको नेतृत्व हसन नसरल्लाहले गरिरहेका छन ।

प्रतिक्रिया