पदभार पछिको पहिलो कामले छिट्टै सार्थकता पाउँदै छ : उद्योग मन्त्री चित्रकार

पालिका डायरी
१७ माघ २०८०, २१:२२

 

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले हेटौंडा कपडा उद्योगको निरिक्षण गर्नुभएको छ । बुधबार हेटौंडा औद्योगिक क्षेत्रमा रहेको हेटौंडा कपडा उद्योगको अवलोकन तथा निरिक्षण गर्नुभएको हो ।


उद्योग निरिक्षण गर्दै मन्त्री चित्रकारले पुनः संचालनको लागि संघीय सरकार समक्ष पहल गरिने बताउनुभयो । उद्योग मन्त्री भएपछि उहाँले पदस्थापन भएको भोलि पल्ट अर्थात गत भदौ ६ गते स्थलगत निरिक्षण गर्दै उद्योग सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाउनुभएको थियो । त्यसको ५ नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योग पुनः सञ्चालनको तयारी स्वरुप मोडालिटी तयार गर्ने जिम्मा नेपाली सेनालाई दिनुभएको हो ।


आफूले संघीय सरकारलाई गरेको पहलका कारण उद्योग सञ्चालनमा ल्याउने वातावरण तयार भएको मन्त्री चित्रकारले बताउनुभयो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष समेत यस उद्योग सञ्चालनका बिषयमा छलफल गरिएको उहाँको भनाइ छ । आफू उद्योग मन्त्री भएपछि पहिलो कामको रुपमा गरिएको कामले सार्थकता पाउने अन्तिम चरणमा पुगेको मन्त्री चित्रकारले बताउनुभयो ।


हेटौंडा कपडा उद्योगसँगै मन्त्री चित्रकार, मन्त्रालयका सचिव लगाएतको टोलीले औद्योगिक क्षेत्रमा औद्योगिक व्यवस्थापन कार्यालय र मकवानपुर उद्योग संघको आयोेजना तथा उद्योग मन्त्रालयको सहयोगमा संचालन भैरहेको विजनेस इन्क्लुवेशन सेन्टरको समेत अनुगमन तथा निरिक्षण गरिएको थियो ।

प्रतिक्रिया