सभामुख घिमिरे भोलि भीमफेदी आउने
हेटौंडा / संघिय सभाका सभामुख देवराज घिमिरे भोलि शनिबार मकवानपुरको भीमफेदी गाउँपालिका आउने भएक छन ।
भोलि शनिबार भीमफेदीमा सभामुख घिमिरेको प्रमुख आतिथ्यतामा सुचिकृत भएका भीमफेदी गाँउपालिका भित्रका अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजना शुभारम्भ गर्न सभामुख भीमफेदी आउन लागेको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।लामाले गाउँपालिकामा भोलि हुने महत्त्वपूर्ण कार्यक्रमा सबैलाई समयमै सहभागिताको लागि हार्दिक निमन्त्रणा समेत गरेका छन ।
कार्यक्रम बिहान १० बजे श्री महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा हुने लामाले बताए ।
प्रतिक्रिया