हेटौंडा १३ पदमपोखरीमा ५ वेडको अस्पताल उद्घाटन

पालिका डायरी
५ माघ २०८०, २०:१६
हेटौंडा १३ पदमपोखरीमा ५ वेडको अस्पताल उद्घाटन

हेटौंडा / हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरीमा ५ वेडको अस्पतालको उद्घाटन भएको छ ।

अस्पतालको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकाे नगर प्रमुख मीनाकुमारी लामाले  गरेकी हुन् । पालिकाले सञ्चालन गरेको ५ वेडको अस्पतालले पुष १७ गतेबाट चिकित्सक सहितको सुबिधा दिदै आएको थियो । अस्पतालले आकस्मिक सेवा सहित अन्य सामान्य उपचार सेवा दिदै आएको छ ।

अस्पतालको उद्घाटन गर्दै नगर प्रमुख लामाले जनतालाई स्थानिय ठाउँबाटै स्वास्थ्य उपचार दिलाउनका लागि अस्पताल सञ्चालनमा ल्याइएको बताइन् । स्वास्थ्य चौकिबाट दिर्दै आएको सुबिधालाई केहि बिकसित गर्दै अस्पताल सञ्चालनमा ल्याइएको उनको भनाई थियो । चिकित्सक सहितको सुबिधा दिने उद्देश्य सहित पालिकाले नगरको दुई ठाउँमा अस्पताल सञ्चालन गरेको नगर प्रमुख लामाले बताइन् ।

हेटौंडा १३ र १६ मा अस्पताको सुबिधा सहित स्थानियलाई स्वास्थ्य सेवा दिने क्रममा चिकित्सक डाक्टरको सुबिधा सहित गाउँमै उपचार सेवा प्रदान गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले पालिका स्तरको अस्पतालको सुरुवात गरेको हो ।

प्रतिक्रिया