घरको छतबाट लडेर हेटौंडामा एक जना गम्भीर घाइते
हेटौंडा / सोमबार माघे सङ्क्रान्ति मनाएर रमाइलो गर्ने क्रममा घरको छतबाट लडेर हेटौंडा उपमहानगरपालिका वडा १३ बनस्पती बस्ने २४ वर्षीय मनिराज थोकर रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शम्भु पाठकको घरमा रमाईलो गर्ने क्रममा १ तले घरको छतबाट थोकर अचानक तल भुईमा लडेर घाइते भएका हुन् । गम्भीर घाइते उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनले माधक पदार्थ समेत सेवन गरेको पाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया


