प्रवासी नेपालि एकता मचं कतारको छैठौं अधिवेशन सम्पन्न
दोहा / नेकपा (एकीकृत समाजवादी)को प्रवासी नेपालि एकता मचं राष्ट्रिय कमिटि कतारको छैठौं राष्ट्रिय अधिबेसन सम्पन्न भएको छ ।
शनिवार दोहास्थित क्राउन प्लाजामा पार्टी उपाध्यक्ष तथा प्रतिनिधीसभाका सांसद राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न राष्ट्रिय अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले मोहमद मुक्तादा मुसलमानको अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ ।
मुसलमानको नेतृत्वमा उपाध्यक्ष नन्द प्रसाद ढुंगाना र राम कुमारी तामाङ, सचिवमा रुक बहादुर रानाभाट, उपसचिवमा सुरज बुढाथोकी, एकराज कटवाल र सपना महर्जन सहित ४१ सदस्यीय राष्ट्रिय कमिटि चयन गरेको निवर्तमान अध्यक्ष गणेश ढकालले जानकारी दिए ।
त्यस्तै अधिवेशनले नव निर्वाचित कमिटीको बैठकबाट निवर्तमान अध्यक्ष गणेश प्रसाद ढकालको अध्यक्षतामा १२ सदस्यीय सल्लाहकार परिषद् समेत गठन गरेको छ । जसको उपाध्यक्षमा खगराज खराल ९मामा यासिन० र सचिवमा मिनराज वाग्ले रहेका छन् । त्यस्तै उक्त बैठकले निर्वाचन, लेखा परिक्षण र अनशासन कमिटी समेत गठन गरिएको ढकालले जनाए ।
अधिबेसनबाट सर्बसम्मत चयन गरिएको पदाधिकारी सहितका सदस्यहरुलाई प्रमुख अतिथि पाण्डेले सपथ ग्रहण गराएका थिए । उक्त अधिवेशनमा पार्टी केन्द्रीय सचिब राम कुमारी झाक्री र स्थायी कमिटि सदस्य एबम पार्टी प्रवास समन्वय कमिटिका संयोजक श्रीप्रसाद शाहको बिशिस्ट आतिथ्यता रहेको थियो ।