बागमतीको चार सिटमा राप्रपाले दियो उम्मेदवारी
राष्ट्रियसभा निर्वाचनका लागि बागमतीको चार सिटको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मनोनयन दर्ता गराएका छन्।
बागमती प्रदेशको राजधानी हेटौंडामा अवस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्। जसमा हेमजंग गुरुङ अन्य, बालकुमारी डल्लाकोटी महिला, भरतमणी भट्ट अपाङ्ग, पुर्ण बहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका हुन्।
बागमतीमा चार जनाको पद रिक्त हुँदै छ। यस प्रदेशबाट एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद रिक्त हुन लागेको हो।
प्रतिक्रिया