इराकको एक आवासीय भवनमा आगलागी, १४ जनाको मृत्यु

पालिका डायरी
२३ मंसिर २०८०, १२:३५
आगलागीबाट ३ घर नष्ट हुँदा ५० लाखको क्षति file photo

इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान शहरस्थित एक आवासीय भवनमा शुक्रवार राति आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् ।​

सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ, ‘सबैभन्दा पहिला भवनको तेस्रो र चौथो तलामा आगो लागेको थियो, ती तलामा विश्वविद्यालयका छात्र र शिक्षक बस्छन् । त्यसपछि आगो सम्पूर्ण पाँच तले भवनमा फैलियो ।’

प्रारम्भिक अनुसन्धानबाट विद्युत् सर्ट हुँदा आगो लागेको अनुमान गरिएको विज्ञप्तिमा उल्लेख छ । सिभिल डिफेन्स टिम र दमकलहरूले आगो निभाएका छन् ।

प्रतिक्रिया