बागमतीमा २ सय १ जनाको निःशुल्क मोतिबिन्दुको अप्रेसन
हेटौंडा / मकवानपुरको बागमती गाउँपालिकाका २ सय १ जनाको मोतिबिन्दुको अप्रेसन गरिएको छ । गाउँपालिकाको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा २ हजार जनाको आँखा परिक्षण गरिएको हो । जसमध्ये मोतियबिन्दुको समस्या देखिएका २ सय १ जनाको अप्रेसन गरिएको गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।
उनका अनुसार गाउँपालिका परिसरमै आँखाको परिक्षण तथा अप्रेसन गरिएको हो । हेटौंडा सामुदायिक आँखा अस्पतालको मुख्य सहयोग तथा ड्रीम अन्धोपन परियोजना र तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा आँखा शिविर गरिएको अध्यक्ष घलानले बताए ।
मोतिबिन्दुका कारण अन्धोपना समेत हुन सक्ने जोखिमलाई मध्यनजर गरेर गाउँपालिकाले निःशुल्क अप्रेसन गरिदिएको गाउँपालिका अध्यक्ष घलानले जानकारी दिए ।
प्रतिक्रिया