१६ नम्बर वडा कार्यालयद्वारा हटिया अस्पतालमा डा.न्यौपानेलाई स्वागत

राम कुमार दानी
१४ मंसिर २०८०, १५:२६
१६ नम्बर वडा कार्यालयद्वारा हटिया अस्पतालका डा.न्यौपानेलाई स्वागत

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा भर्खरै सञ्चालनमा आउन लागेको हटिया अस्पतालमा  विशेषज्ञ डाक्टरको रूपामा डा. कमलराज न्यौपाने आएका छन्न । 

डाक्टर न्यौपानेलाई  आज हेटौंडा उपमहानगरपालिका  १६ नं. वडा कार्यालयको तर्फबाट स्वागत गरिएको छ । आगामी हप्ताबाट विशेषज्ञ डाक्टर सहितको सेवा  हटिया अस्पतालले दिने  हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले भने । आज वडाको एक कार्यक्रमका बिच हटिया अस्पतालमा आएका डा न्यौपानेलाई गुणस्तरीय स्वास्थ्य सेवामा वडाको तर्फबाट गर्नुपर्ने कुनै पनि  कमी नहुने भन्दै  अध्यक्ष कोइरालाले सफल कार्यकालकाे शुभकामना ब्यक्त गरे  ।

स्वागत कार्यक्रममा वडा सदस्यहरू संगीता विश्वकर्मा, गुरुप्रसाद ढकाल, डा. विजय नेपाल, जनप्रिय मावीका प्र. अ. श्री भुपेन्द्र चौंलागाईं, त्रिभुवन मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री चन्द्र प्रसाद देवकोटा, हे.उ.म.न.पा. का स्वास्थ्य शाखाका लक्ष्मीनारायण भगत, हटिया अस्पतालका अनन्त बास्कोटा, वडा सचिव लगायत स्थानीय सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया