श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्न गाउँपालिकाको सूचना आवहान

पालिका डायरी
२४ कार्तिक २०८०
संघीय सरकारद्धारा मकवानपुरलाई ४अर्ब बजेट, भीमफेदीलाई कति ?

हेटौंडा / मकवानपुरकाे भीमफेदी गाउँपालिकाले गाउँपालिकामा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारमा रहेका ब्यक्तिहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि १५ दिन भित्र आवेदन भर्न आह्वान गरेको छ ।

गाउँपालिकाले हिजो एक सूचना जारी गरि आवेदन आवहान गरेको हो । गाउँपालिकाले गाउँपालिका भित्र काम गर्ने  डकर्मी, सिकर्मी , लोड अनलोड, गिट्टी बालुवा चाल्ने, ढुङ्गा फुटाएर जिविका चलाउने, गाडी चालक, सहचालक,  अप्रेटर, कृषि श्रमिक, ज्यामी लगायत अन्य श्रमिक तथा स्वरोजगार ब्यक्तिहरूलाई गाउँपालिकाको साझेदारी र लगानीमा सामाजिक सुरक्षा कोषमा सहभागी हुन १५ दिने सूचना आवहान गरिएको गाउँपालिकाको अध्यक्ष हिदम लामाले बताए ।

अध्यक्ष लामाले गाउँपालिकाले सूचना निकालिसकेको छ । गाउँपालिका भित्रका सबै अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूले समयभित्र आवेदन दिएर सामाजिक सुरक्षा कोसमा जोडिन अनुरोध गरे । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूलाई आवद्द गराउने पहिलो  भीमफेदी गाउँपालिका रहेको छ

प्रतिक्रिया