दक्षिण मेक्सिकोमा ओटिस आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुग्यो

पालिका डायरी
१३ कार्तिक २०८०, ११:३२

दक्षिण मेक्सिकोमा ओटिस आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा ओटिस आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको हो । त्यस्तै १० जना बेपत्ता भएको मेक्सिको सरकारले जनाएको छ ।

करिब ८० प्रतिशत होटल पूर्वाधारमा क्षति पुगेको र अत्यावश्यक सेवाहरू बन्द भएको अनुमान गरिएको छ । करिव ५५ प्रतिशत क्षेत्रमा विद्युत आपूर्तिमा क्षति पुगेको बताइएको छ ।

उनले क्षतिग्रस्त अकापुल्कोमा सहयोगका लागि आफूहरुले प्रयास जारी राखेको बताए ।

प्रतिक्रिया