थाहाको पशु शाखाद्वारा पशु फार्मलाई निशुल्क पौष्टिक आहार प्रदान

पालिका डायरी
१७ आश्विन २०८०, १८:०१
थाहाको पशु शाखाद्वारा पशु फार्मलाई निशुल्क पौष्टिक आहार प्रदान

” साना ठूला जनावर ,माया गरौँ बराबर ”  भन्ने मूल नाराका साथ थाहा  नगरपालिकाको पशु शाखाले  विश्व पशुपन्छी दिवस मनाएको छ।

थाहा नगरपालिका भित्र रहेका विभिन्न पशु फाममा रहेका पशु चौपायालाई पौष्टिक आहार व्यवस्थापन गरि विश्व पशुपन्छी दिवस मनाइएको हो।

पशु मानवबीचको अन्योआश्रित सम्बन्ध छ। तरपनि पशु अधिकारमा मान्छे चुकिरहेकाले पशु प्रति देखाउने हाम्रो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने थाहा नगरपालिकाका कृषि तथा पशु शाखाका प्रमुख सञ्जय तिवारीले बताए।

विश्व भरिनै १९७१ देखिनै पशुपन्छी दिवस मनाइन्छ । नेपाल पनि सदस्य राष्ट्र भएका कारण यो दिवस नेपालमा पनि मनाइने गरेको प्रमुख तिवारीले जनाए ।स्थानीय सरकारले पशुपन्छी कृषि क्षेत्रमा लगानी गरेपनि प्रतिफल सकारात्मक नआउनु दुखद रहेको उनले दुखेसो गरे।

थाहा नगरपालिकाका पशु प्राविधिक रूपेश कुमार मिश्रले पशुपन्छी प्रति निर्दयी व्यवहार नगरियोस् कल्याणकारी कार्यमा सबैको ध्यानाकर्षण होस भन्ने भावना जागृत गरि पशु अधिकारको सुनिश्चितताका लागि पशुपन्छी दिवस मनाइएको बताए।

सबैको सहयोग सहकार्य सकारात्मक सोचबाट मान्छेमा जनचेतना जागृत गरि पशुपन्छीको संरक्षणमा सबैले जुट्नु पर्ने वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको भनाइ छ।

दिवसको अवसरमा मन्जिल कृषि तथा पशुपन्छी फाम डाँडाघरे बाको कृषि तथा पशुपन्छी फार्म, लामिछाने गाई तथा कृषि फार्म र पिपी कृषि तथा पशुपन्छी फार्मलाई निशुल्क पौष्टिक आहार उपलब्ध गराएको हो।

प्रतिक्रिया
1696407500522-1696408479