राष्ट्रिय युवा संघ नेपाल भिमफेदी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन शनिवार सम्पन्न

राम कुमार दानी
१४ आश्विन २०८०, १०:२०

हेटौंडा / राष्ट्रिय युवा संघ नेपाल भिमफेदी गाउँपािलका कमिटी मकवानपुरको दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ ।

अधिवेशनबाट बादल सिलवालको अध्यक्षतामा २९ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल भिमफेदी गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित भएका छ्न् । बादल सिलवाल दोस्रो कार्यकालको लागि सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य प्रकाश लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको संघको दोस्रो अधिवेशनमा सन्तोष चौलागाईं, नवीन सिग्देल, हिदम लामा, सागर सागर पाण्डे, अनिल अधिकारी, नरेन्द्र भन्डारी, सानू लामा, लागायतको आतिथ्यता रहेको थियो । 

अधिवेशनबाट उपाध्यक्ष सुदिप चिमरीया सचिव भोलाराम शिकारी उपसचिव सन्तोष घाग मगर उपसचिव सुविना लामा कोषाध्यक्ष पवन खड्का लगायत २९ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको नव निर्वाचित अध्यक्ष बादल सिलवालले बताए । अध्यक्ष सिलवालले भौगोलिक हिसाबले निकैनै बिकटता रहेको युस पालिकाको सबै युवाहरूलाई राष्ट्रिय युवा संघ नेपालमा आवद्द गराउने मुख्य उद्देश्य रहेको बताए । उनले युवाहरूको सीप र क्षमतालाई मध्यनजर गरेर उनीहरूको क्षमता अनुसारको कार्यक्रम बनाएर समग्र युवाहरूलाई सीप रोजगार लगायत खेल क्षेत्रमा समेट्ने प्रतिबद्धता व्यक्त गरे अध्यक्ष सिलवालले आँउदै गरेको विजया दशमीको अवसरमा पालिका स्तरीय भलिबलको आयोजना गर्ने निर्णय गरिसकेको पनि बताए ।

प्रतिक्रिया
385544823_1844831705910638_8787371798405721764_n