काठमाडौं आइपुगे बलिउड गायक कैलाश खेर

पालिका डायरी
१२ आश्विन २०८०, २०:३३
file photo

बलिउड गायक कैलाश खेर नेपाल आइपुगेका छन्। शनिबार (३० सेप्टेम्बर) साँझ होटल सोल्टीको क्लब प्राइभमा आयोजना हुने ‘कैलाश खेर लाइभ’ नामक सांगीतिक कार्यक्रममा प्रस्तुती दिन खेर शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्।

उनी नेपाल एयरलाइन्समार्फत मुम्बईबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्। उनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग तस्बिर खिचाउँदै ‘जय पशुपतिनाथ की’ भन्दै अभिवादन समेत गरेका थिए।

होटल सोल्टीमा लाइभ कन्सर्ट शनिबार साँझ ७ बजेबाट सुरु हुने खेरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

खेर यसअघि २०७५ सालमा पनि नेपाल आएका थिए। उनी नेपाल–भारत कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठको अवसरमा भारतीय दूतावासमा आयोजित कार्यक्रममा सरिक हुन काठमाडौं आएका थिए।

त्यतिबेला उनले पशुपतिनाथको पनि दर्शन गरेका थिए। गायक खेरको नेपालमा पनि थुप्रै फ्यानहरू छन्।

प्रतिक्रिया