राक्सिराङमा हट्यो खादाको चलन, फूलको माला र पिपलको पातले अतिथि सत्कार

पालिका डायरी
७ आश्विन २०८०, २१:४७

हेटौंडा / मकवानपुरको राक्सिराराङ गाउँपालिकामा शनिवार राक्सिराङ (आई.टि.एफ) तेक्वान्दो दोजाङको पहिलो बार्षिक साधारण सभा तथा पदक वितरण कार्यक्रम भयो । कार्यक्रममा उपस्थित अतिथिहरुको गलामा गाउँमै फूलेका मखमली, लाउरे फूल र बाह्रमासे फूलका रंगीचंगी मालाहरुले सजिएका थिए । कसैको गलामा सेता फूल, कसैको गलामा राता । अतिथि सत्कार गर्दै लगाइएको रंगिन फूलका मालाहरुलाई अझ शोभा थपिएरको थियो, हरियो पिपलको पातमा सेता टिपेक्सले लेखिएका अक्षरहरुले ।
प्रकृतिले दिएको उपजबाट अतिथि सत्कार हुँदा स्वच्छ वातापरण निर्माण त अवश्व पनि गरेको छ । यति मात्रै होइन, गाउँमा हुने कार्यक्रमहरुमा अतिथि सत्कारकै लागि खर्च हुने रकम समेत बचाउ भएको आयोजक कमिटिको दावी छ ।
राक्सिराङ (आई.टि.एफ) तेक्वान्दो दोजाङले यसरी अतिथि सत्कार गरेसँगै जिल्लाको राक्सिराङ गाउँपालिकाको कार्यपालिका बैठकको निर्णय कार्यान्वयनमा आएको छ । गत साउन ३१ गते गाउँपालिकाको कार्यपालिका बैठकले कार्यक्रमहरुमा कपडाको खादा र कपडाको व्याज प्रयोग नगर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउँछन् ।

गाउँमा फूलेका फूलहरु प्रयोग गर्ने तथा स्थानीयलाई फूल रोप्नको लागि अभिप्रेरित गर्ने उदेश्यले यस्तो निर्णय भएको स्मरण गर्दै अध्यक्ष मल्लले भने, ‘गाउँमै फूलेको फूलहरु सुकेर गइरहेका हुन्छन्। हामी एउटैको २ सय सम्म पर्ने खादा किनेर सम्मान गर्छौं । पैसाको पनि बचत, प्रकृति, सम्पत्तिको पनि उपयोग गर्ने उदेश्यले गाउँपालिका अन्तर्गतको कुनै पनि कार्यक्रममा खादा प्रयोग नगर्ने निर्णय भएको थियो । उक्त निर्णय कार्यान्वयनमा ल्याइएको देख्दा निकै खुसी लाग्यो।,’

त्यसोत, विभिन्न कार्यक्रममा प्रमुख अतिथिदेखि अतिथिहरुलाई लगाइने ब्याच समेत कागज र कपडाले बनेको प्रयोग नगर्ने कार्यपालिका बैठकले निर्णय गरेको थियो । बिना खर्चमा वातावरणमैत्री पिपलको पातबाट अतिथिको सत्कार गर्ने बानीको विकास गर्ने उदेश्यले कार्यपालिकाको बैठकले यस्तो निर्णय गरिएसँगै कार्यान्वयनमा समेत जोड दिएको छ ।

प्रतिक्रिया
383808829_260303116988752_6181083547870498719_n