पत्रकार महासंघको शुद्धीकरणविरुद्ध सर्वोच्चमा रिट, कारण देखाउ आदेश जारी

पालिका डायरी
२ आश्विन २०८०, २१:०६
सर्वोच्च अदालतका न्यायाधीश र मुख्य रजिष्ट्रारसहित दुई दर्जनमा कोरोना संक्रमण

हेटौंडा / नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकणविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य समेत रहेका अधिवक्ता धु्रबप्रसाच चौँलागाईले सर्वोच्च अदालतमा असोज १ गते रिट दर्ता गरेका हुन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति, बागमती प्रदेश समिति र मकवानपुर शाखालाई विपक्षी बनाएर उनले रिट दर्ता गरेका हुन् । चौँलागाईले हालेको रिटमा आज सर्वोच्चका न्यायाधीश कुमार चुँडालले कारण देखाउ आदेश जारी गर्दै रिट निवेदन उपर अन्तरिम आदेश छलफलको लागि बोलाइएको छ ।

रिट निवेदकको तर्फबाट बरिष्ट अधिवत्ताहरु केदार दाहाल, नारायाण् प्रसाद देवकोटा, अधिवक्ता आषिश उप्रेती, सम्बल चौलागाई, रौनक अर्यालले र स्वयम अधिवक्ता चौँलागाईले बहस गरेका थिए । छलफलको मिति भने भोली थाहा हुने बताइएको छ ।

प्रतिक्रिया