आज विश्वकर्मा पूजा ,औजारको पूजा गर्नाले लामो समय टिक्ने जनबिश्वास

पालिका डायरी
१ आश्विन २०८०, ११:२३
आज विश्वकर्मा पूजा ,औजारको पूजा गर्नाले लामो समय टिक्ने जनबिश्वास

आज असोज महिनाको १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै आइरहेका छन् । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ ।

सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर पूजा आजा गरेका छन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलाई पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजापतका लगाएर रंगीन बनाइएको छ । यो पूजा विशेष गरी मधेशी समुदायले धुमधाम र तामझामका साथ मनाउने गर्दछन् । यसै अवसरमा जनकपुर, महोत्तरीलगायत तराईका विभिन्न जिल्लामा विश्वकर्मा बाबाको भव्य पूजा गरी गरिन्छ ।

फलामको क्षेत्रमा काम गर्ने मजदुरहरुलाइ आजका दिन बिदा पनि दिने चलन छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ । गाडी मर्मत संभार गर्ने ग्यारेजलगायत हरेक सानाठूला फयाक्ट्रीमा आज सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ ।

पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । यस अवसरमा केहीले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् ।  आज पूजा गरिएको मूर्तिलाई भोलि बिहान नजिकैको खोला वा नदीमा लगि बिसर्जन गरेपछि विश्विकर्मा पूजा समापन हुन्छ । आजको दिन विश्वकर्मा पूजासँगै हिन्दु नारीहरुको मुख्य चार्ड तीज समेत परेको छ ।

प्रतिक्रिया
vishwakarma-47