पालिका डायरी डटकम तेस्रो बर्षमा प्रवेश

पालिका डायरी
१ आश्विन २०८०, ०८:०६

आजबाट पालिका डायरी डटकम तेस्रो बर्षमा प्रवेश भएको छ । स्थापनाको दोस्रो वर्ष पूरा गरि हामी नयाँ संकल्प र योजनासहित तेस्रो वर्षको नयाँ अध्यायमा प्रवेश गरेका छौँ ।

१ असोज २०७८ मा पालिका डायरी डटकम अनलाईन न्यूज पोर्टल प्रकाशन सुरु भएको थियो । यसको मुख्य कार्यालय हेटौंडामा रहेर बिशेषगरि मकवानपुरका १० वटा पालिकाको गतिविधि तथा समाचरलाई सम्प्रेषण गर्ने र बिशेषगरि पालिकाको गतिविधि प्रकाशन गर्नेगरी हरेक पालिकाको खबरको डायरी, पलिका डायरी भन्ने स्लोगनका साथ पालिका डायरी डटकम सुरु गरेको दुई वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको हो।

जनसरोकारका मुद्दालाई प्राथमिकतामा राखेर सञ्चालनमा रहेको पालिका डायरी शुभ समाचर मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को प्रकाशन हो ।

नागरिकका सवालहरुको पहिचान गरि सत्य तथ्य समाचार, सूचना, विचार र मनोरन्जन पुर्याउने हाम्रो एकमात्र लक्ष्य हो ।
यो दुई वर्षको छोटो अवधिमै हाम्रा तमाम पाठकहरुले गर्नुभएको असीमित मायालाई हामी नमन गर्न चाहन्छौं । साथै, तमाम विज्ञापनदाता, लेखक, सहकर्मी र शुभेच्छुहरुले पुर्‍याउनुभएको अतुलनीय योगदानप्रति सधै आभारी छौं ।

हाम्रो अबको बाँकी यात्राका क्रममा तपाईंहरुको सल्लाह र सुझावलाई आत्मसात गर्दै अघि बढ्नेछौं । तेस्रो वर्ष प्रवेशको अवसरमा सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौ ।

प्रतिक्रिया