सशस्त्र प्रहरीले हेटौंडामा बरामत गर्यो ९ सय केजी गाँजा

पालिका डायरी
३१ भाद्र २०८०, २२:३१
हेटौंडामा सशस्त्र प्रहरीको सक्रियता, ९ सय केजी गाँजा बरामद

हेटौंडा / हेटौंडामा सशस्त्र प्रहरीको सक्रियता बढेको छ । अबैध सामान ओसारपसार नियन्त्रण गर्ने काममा सशस्त्र प्रहरी लागि परेको छ । लागू औषध होस या अबैध सामान चोरी निकासी नियन्त्रण गर्ने काममा पनि सशस्त्र प्रहरी लागि परेको छ ।

मकवानपुरको हेटौँडामा ठुलो परिणामको गााँजा बरामद भएको छ । सशस्त्र प्रहरीको हेटौँडा औधोगिक क्षेत्रको टोलीले हेटौँडाबाट जाँचको क्रममा भारतीय ट्रक एन एल ०१ एसी २१४४ नंबरबाट लागु औषध गाँजा ९ सय १९ किलो बरामद गरेको हो ।

गाँजा सहित दुईजना भारतीय नागरिक पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादब र सहचालक योगेश बर्मा रहेको शसस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताए ।

भारतीय बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखि पुनः वेल्डीङ गरेर लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको एसपी कार्कीले बताए ।

भारतबाट मकै लिएर चितवनमा अनलोड गरि चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीको भनाई रहेको छ । पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भैरहेको कार्कीले बताए । बरामद भएको गाँजा नेपाल प्रहरीलाई ह्याण्डओभर गर्ने प्रक्रिया थालिएको र थप अनुसन्धानको प्रक्रिया अघि बढाईएको उनको भनाई रहेको छ ।

प्रतिक्रिया