मकवानपुरमा दुइ वटा बेवारिसे शब फेला

पालिका डायरी
३१ भाद्र २०८०, ११:५६

हेटौंडा । मकवानपुरमा दुई वटा शब फेला परेका छन् । नाम, ठेगाना नखुलेका दुई वटा वेवारिसे शब स्थानीयले फेला पारेर प्रहरीलाई खवर गरेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८ मा रहेको माण्डु हाईडोपावरको ड्याममा सनाखत नभएको करिब ४० वर्षीय व्यक्तिको सब फेला परेको छ । पुरुष ब्यक्तिको शव फेला परेको हो । वेवारिसे शब पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । 

यसैगरी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४ पाँचपाण्डमा पनि सब फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । सनाखत नभएको मागिखाई हिड्ने करिब ५५ को पुरुष मंगोलियन अनुहारको व्यक्ति मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ । उक्त सबलाई अहिले हेटौंडा अस्पतालको सब गृहमा राखिएको छ ।

भीमफेदीको पाण्डु हाइड्रोपावरमा निरन्तर रुपमा सब फेला पर्ने गरेका छन् । यस अघि पनि आधा दर्जन भन्दा बडी शवहरू फेला परेका छन् । यहाँ किन देखापर्छ निरन्तर वेवारिसे सब भन्ने विषयमा ठोस कारण पत्ता लगाउन सकिएको छैन । मकवानपुर प्रहरीले भने काठमाण्डौं उपत्यका क्षेत्रमा रहेका सबहरु बगाएर यहाँ ल्याउने गरेको बताउँदै आएको छ । तर, यसको ठोस कारण भने पत्ता लागिसकेको छैन ।

 

प्रतिक्रिया