मिस्टर थाहा पल्लव खत्री, मिस थाहा अज्मी बम्जन
श्री ब्रदर्स फोटोग्राफीको आयोजनामा ३० भदौ साँझ सम्पन्न मिस्टर एण्ड मिस थाहा सौन्दर्य प्रतियोगिताको उपाधि पल्लव खत्री र अज्मी बम्जनले प्राप्त गरेका छन् ।
प्रतियोगितामा खत्री मिस्टर थाहा र बम्जन मिस थाहा घोषित भएका छन् । प्रतियोगितामा मिस्टर थाहातर्फ सविन विश्वकर्मा ब्रान्ड एम्बेसडर घोषित भए भने मिस थाहातर्फ सिम्रन कार्कीले ब्रान्ड एम्बेसडरको उपाधि जितिन् ।
मिस्टर थाहातर्फ नवीन सुनार र दिप्सन खत्री क्रमशः फस्ट रनर अप र सेकेन्ड रनर अप भए भने मिस थाहातर्फ फस्ट रनर अप र सेकेन्ड रनरअपको उपाधि क्रमशः बिस्मिता गोपाली र निकिता गोपालीले हात पारे ।
मोडल तथा नायक सलोन बस्नेत, नृत्य शिक्षक तथा कोरियोग्राफर विजय श्याम अमात्य, मोडल तथा कोरियोग्राफर एलिना गुरुङ, नायिका तथा मिस टिन लुम्बिनी सेन्जल पौडेल र फेशन मिया ब्रान्ड एम्बेसडर सुस्मिता श्रेष्ठ प्रतियोगिताको निर्णायक रहेका थिए ।