मनहरी गाउँपालिकाले पत्रकारलाई बन्धक बनाएकोप्रति महासंघको ध्यानाकर्षण

पालिका डायरी
३० भाद्र २०८०, २०:२२
मनहरी गाउँपालिकाले पत्रकारलाई बन्धक बनाएकोप्रति महासंघको ध्यानाकर्षण

मकवानपुरको मनहरी गाउँपालिकाले पत्रकारहरुलाई पत्रकार सम्मेलनमा निमन्त्रणा गरेर बन्धक बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार (आज) मनहरी गाउँपालिकाको कार्यालयले पत्रकार सम्मेलनमा पत्रकारहरुलाई निमन्त्रणा गरेर नियन्त्रणमा लिने, बन्धन बनाउने, बाहिरी मान्छेहरुलाई पत्रकार सम्मेलन स्थलमा प्रवेश गर्न लगाएर स्वतन्त्र प्रेस माथि धावा बोल्ने लगायतका दुव्र्यवहार गर्नाले मकवानपुरे पत्रकारमा त्रासको अवस्था सिर्जना भएको महासंघ मकवानपुरले जनाएको छ । विज्ञप्ती जारी गर्दै महासंघले पालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार नै असुरक्षित हुँदा समेत जनप्रतिनिधिहरुले पत्रकारलाई सुरक्षा प्रदान गर्न नसक्नु अत्यन्त गैरजिम्मेवार घटना भएको दाबी गरेको छ ।

पत्रकारले प्रहरी र प्रशासनसँग सुरक्षा माग्नुपर्ने अवस्था सिर्जना हुनुभन्दा विडम्बना अरु नहुने विज्ञप्तीमा उल्लेख छ ।

स्थानीय सञ्चारमाध्यममा ‘राजश्व हिनामिना’को विषयमा समाचार सम्प्रेषण भएपछि गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा पत्रकारहरुसँग गाउँपालिका अध्यक्ष कालाखेती, ८ नं वडाध्यक्ष नारायण उप्रेती, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, बरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराई, जिन्सी शाखा प्रमुख डिल्लीराम रेग्मी लगायतले सवाल जवाफ गरेका थिए ।

हेर्नुहोस् विज्ञप्तीः–

प्रतिक्रिया